हीरो मोटोकर्पद्वारा २ नयाँ प्रिमियम मोटरसाइकल सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 14, 2021 | 03:31:12 PM मा प्रकाशित

laxmi  sunrise bank

हीरो मोटोकर्पले दुई नयाँ प्रिमियम मोटरसाइकललाई नेपाली बजारमा प्रवेश गराएको छ । हीरो एक्स्ट्रिम १६० आर र हीरो हंक १६० आर सार्वजनिक भएको हो ।  

हीरो एक्स्ट्रिम १६० ले प्रिमियम मोटरसाइकल सेगमेन्टमा हीरो मोटोकर्पको उपस्थितिलाई अझ सबल बनाउने कम्पनीको दाबी छ । एक्स्ट्रिम १६० आर, एक नयाँ–हंक १५० आरको साथ आएको छ, जुन नयाँ युगको स्टाइलको साथ बेजोड सवारी सञ्चालन (राइडिङ) अनुभव प्रदान गर्न डिजाइन गरिएको कम्पनीले बताएको छ । 

 एक्स्ट्रिम १६० आर र हंक १५० आर देशभरिका हीरो मोटोकर्पका शोरूममा उपलब्ध हुनेछ । एक्स्ट्रिम १६० आरको रु ३ लाख ३९ हजार (सिंगल च्यानल एबीएसका साथ डबल डिस्क) को मूल्यमा उपलब्ध हुनेछ भने जब हंक १५० आर लाख ७९ हजार ५ सय (सिंगल च्यानल एबीएसको साथ डबल डिस्क) को मूल्यमा उपलब्ध हुने छ । 

यी मोडल नेपाली बजारमा ल्याइएको अवसरमा हिरो मोटोकर्पका ग्लोबल बिजÞनेसका प्रमुख संजय भानले भने, “विश्वभरका ग्राहकहरूका लागि वर्गीय रूपमा अग्रणी र बजारमा सान्दर्भिक सम्बन्धित उत्पादनहरू ल्याउने हाम्रो निरन्तर प्रयास रहँदै आएको छ । यी दुई नयाँ उत्पादनहरूको साथ, हामी हाम्रा शीर्ष प्रिमियम मोटरसाइकलहरू नेपालमा ल्याइरहेका छौं र यहाँका ग्राहकहरूले दुवैै उत्पादन मन पराउने गर्नेछन भन्नेमा हामी विश्वस्त छौं । एक्सट्रिम १६० आरले थुप्रै विश्व बजारमा राम्रो प्रदर्शन गरेको छ र हामी यसले नेपालमा पनि राम्रो प्रदर्शन गर्ने आशा गर्दछौं । हंक १५०आर विशेष रूपमा केही विशेष फस्र्ट–इन–क्लास विशेष्ताहरूको साथ नेपाली बजारका लागि विकसित गरिएको छ । दुवै मोटरसाइकलले हामीलाई ग्राहकहरूको आकांक्षा पूरा गर्न सक्षम तुल्याउनेमा हामी विश्वस्त छौं ।’’ 

हिरो मोटोकर्पले सन् २०१० मा नेपालमा नेपाल जनरल मार्केटिङ प्रालि (एनजीएम)लाई एकमात्र आधिकारिक वितरक नियुक्त गरी कारोबार गर्दै आएको छ । कम्पनीले आफ्ना ७२ डिलरहरू, ८२ सर्भिस सेन्टरहरू र १०० भन्दा अधिक स्पेयर पार्टस्का बिक्री केन्द्रहरूसहित आफ्नो तीव्र रूपमा विस्तारित २५० भन्दा बढी टच–प्वान्टहरूको सञ्जालमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । 

नेपालमा उपलब्ध हीरो मोटोकर्पका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर+, स्प्लेन्डर आईस्मार्ट ११०, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्स्ट्रिम १६० आर, एक्स्ट्रिम २०० आर मोटरसाइकलहरू र प्लेजर, डुएट, मास्ट्रो एज, डेस्टिनी १२५ स्कूटरहरू रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved