नेपाली एस्काभेटर बजारमा हुन्डाई बन्यो पहिलो, पायो ‘सर्टिफिकेट अफ एप्रिसिएसन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2021 | 06:08:42 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाई हेभी इक्विपमेन्टको नेपालका लागि आधिकारिक वितरक कन्स्ट्रक्सन सोलुसन्स नेपालले हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाबाट स्टार अवार्डसँगै ‘सर्टिफिकेट अफ एप्रिसिएसन’ पाएको छ । हुन्डाई कन्स्ट्रक्सन इक्विपमेन्ट इन्डियाका म्यानेजिङ डाईरेक्टर जिन सेओङ पार्कको उपस्थितिमा सो अवार्ड प्रदान गरिएको थियो । 

सन् २०२० मा नेपाली एस्काभेटर बजारमा नम्बर १ स्थान लिन सफल भए वापत सो सर्टिफिकेट कन्स्ट्रक्सन सोलुसन्स नेपाललाई प्रदान गरिएको हो । हुन्डाई इन्डियाले गरेको सहयोग र हालै प्रदान गरिएको अवार्डप्रति कन्स्ट्रक्सन सोलुसन्स प्रालिका म्यानेजिङ डाइरेक्टर सन्दिप सारदाले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत यो क्षेत्रमा सधै नम्बर १ रहन परिश्रम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले ग्राहक र डिलर पार्टनरको मेहनत र उत्कृष्ट कार्यप्रति कृतज्ञ भएको बताउँदै यसैको प्रतिफल नै यो उपलब्धि भएको बताए ।

नेपाली एस्काभेटर सेगमेन्टको बजारमा हुन्डाई एस्काभेटरले २७ प्रतिशत बजार हिस्सा लिएको कम्पनीको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved