हट्यो महँगा गाडी आयातमा लागेको प्रतिबन्ध, 'केराउ, सुपारी, छोकडा र मरिचमा कोटा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 22, 2021 | 06:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

महंगा सवारी साधनको आयातमाथिको प्रतिबन्ध हटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गरी यस सम्बन्धमा गत बर्षदेखि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो। 

बिदेशी मुद्रा संचितिमा नकारात्मक असर पर्ने सक्ने आंकलन गर्दै सरकारले २०७६ साल चैत २४ गतेदेखि ५० हजार अमेरिकी डलरभन्दा महंगा सवारी साधन आयातमा प्रतिबन्ध लगाएको थियो। 

नेपालमा २०७६ चैत ११ गतेदेखि कोभिड १९ को लकडाउन सुरु भएपछि रेमिट्यान्स तथा पर्यटन आगमनमा कम आउन सक्ने आंकलन गर्दै सरकारले बिदेशी मुद्रा संचितिमा दबाब पर्न नदिन ५० हजार डलर भन्दा महंगा गाडीको आयातमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध हटाईएसँगै अब जति महँगो गाडी पनि आयात गर्नलाई बाटो खुलेको छ। 

त्यस्तै केराउ, सुपारी, छोकडा र मरिचमा परिमाणात्मक बन्देज लगाइएको छ। नयाँ व्यवस्था अनुसार चालु आर्थिक वर्षको बाँकी अवधिमा ८० हजार मेट्रिक टनसम्म केराउ,२५ हजार मेट्रिक टन सुपारी,  ५ हजार मेट्रिक टन छोकडा, १५ हजार मेट्रिक टन मरिच आयात गर्न पाइने भएको छ।  सरकारले गत वर्षको चैत २४ गते नै केराउ आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved