१ लाख डलर पर्ने गाडी आयातको बाटो खुल्यो, व्यवसायी भन्छन्, ‘सरकारले हाम्रो आवाज सुन्यो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2021 | 05:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

गत वर्ष लकडाउनका कारण महँगा सवारी साधनमा लागेको प्रतिबन्ध हटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सुचना प्रकाशित गरी गत वर्ष चैत्र २४ गतेदेखि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो ।

बिदेशी मुद्रा संचितिमा नकारात्मक असर पर्ने सक्ने आंकलन गर्दै सरकारले २०७६ साल चैत २४ गतेदेखि ५० हजार अमेरिकी डलरभन्दा महंगा सवारी साधन आयातमा प्रतिबन्ध लगाएको थियो । नेपालमा २०७६ चैत ११ गतेदेखि कोभिड १९ को लकडाउन सुरु भएपछि रेमिट्यान्स तथा पर्यटन आगमनमा कम आउन सक्ने आंकलन गर्दै सरकारले बिदेशी मुद्रा संचितिमा दबाब पर्न नदिन ५० हजार डलर भन्दा महंगा गाडीको आयातमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिबन्ध हटाईएसँगै अब जति महँगो गाडी पनि आयात गर्ने बाटो खुलेको छ । 

के भन्छन् व्यवसायी ?

नेपालमा ल्याण्ड क्रुजर गाडीको बिक्रि गर्दै आएको किशोर गेयर्सका सञ्चालक किशोरवादे श्रेष्ठले ५० हजार डलरसम्मका गाडी मात्रै आयात गर्न पाउने व्यवस्था हट्नु सकारात्मक रहेको बताए । यसले व्यवसायीलाई राहत मिल्ने उनको भनाई छ । 

राजपत्रमा प्रकाशित भएको सूचना अनुसार १ लाख अमेरिकी डलरसम्मका सामान आयात गर्ने भनेर लेखिएको भएपनि सामान भित्र गाडी पनि पर्ने भएकाले अब व्यवसायले गति लिनेमा आशावादी रहेको श्रेष्ठ बताउँछन् ।

नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्ष कृष्ण प्रसाद दुलाल यसले सकारात्मक सन्देश दिएको र कोभिड पश्चात अब व्यवसाय पूरानै लयमा फर्कने आशा जगाएको बताउँछन् । 

‘राजश्वमा सबैभन्दा धेरै योगदान दिने अटोमोबाइल्स क्षेत्रलाई खुम्च्याउँदा सरकारलाई नै समस्या पर्छ भनेर नाडाले पटक पटक सुझाव दिँदै आएको थियो’ अध्यक्ष दुलाल भन्छन्, ‘नाडाको सुझावका आधारमा सरकारले गरेको यो निर्णय स्वागतयोग्य छ ।’

महँगा सवारीको आयात २ प्रतिशत मात्रै

अब १ लाख डलर सम्मका सामान आयात हुन पाउने भएपछि व्यवसायी उत्साहित भएका छन् । १ लाख डलरभन्दा बढी मूल्यका सवारी साधन आयात खासै नहुने नाडाको भनाई छ । 

नेपाला आयात हुने सवारीमध्ये मुस्किलले २ प्रतिशत मात्रै महँगा गाडी आयात हुन्छन् । चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत सरकारले महँगा सवारी साधनको भन्सार दर बढाएको भएपनि व्यवसायीले विरोध गरेपछि भन्सार दरमा समायोजन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved