सूर्यविनायकमा महिन्द्राको सर्भिस सेन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2021 | 04:15:51 PM मा प्रकाशित

laxmi  sunrise bank

महिन्द्रा फोर ह्वीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्सले सूर्यविनायक–१०, भक्तपुरमा सर्भिस सेन्टर स्थापना गरेको छ । भक्तपुर मोटो टेक महिन्द्रा फोर ह्वीलर सवारी साधनहरूको आधिकारीक सर्भिस सेन्टरका रुपमा स्थापना गरिएको कम्पनीले जनाएको छ । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराई, बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकी, सूर्यविनायक नगरपालिकाका मेयर वासु थापाले उक्त सर्भिस सेन्टरको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । 

“यो सेवा केन्द्र स्थापना गर्नुको उद्देश्य भक्तपुर र यसका वरपरको क्षेत्रका ग्राहकहरूलार्ई सुविधाजनक र किफायती सेवा पु¥याएर उहाँहरूलाई कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ पु¥याउने उद्देश्य रहेकोे छ,” कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

बालाजु अटो वक्र्सका प्रबन्ध निर्देशक शर्माका अनुसार यो सर्भिस सेन्टरले आफ्ना ग्राहकहरूलाई महिन्द्रा अटोमोबाइल्सका स्कर्पियो, बोलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १०० र थारलगातका सबै उत्पादनको बिक्री–सेवा र स्पेयर पार्ट्स उपलब्ध गराउने छ । 

भक्तपुर मोटो टेकका प्रबन्ध निर्देशक प्रयास बुढाथोकीका अनुसार कम्पनीको प्रमुख उद्देश्य महिन्द्राको सवारी साधनका लागि सर्भिसिङ र सक्कली स्पेयर पार्ट्स प्रदान गर्नु हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved