मेलम्चीमा पनि सिप्रदीको सर्टिफाइड ग्यारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2021 | 02:10:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सिप्रदी ट्रेडिङ प्रालिले सिन्धुपाल्चोकको मेलम्चीस्थित जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता दिएको छ । टाटाका कमर्शियल गाडीको सर्भिस तथा मर्मत सुविधा प्रदान गर्ने उदेश्यले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको जल्पादेवी गाडी मर्मत वर्कशपलाई सर्टिफाइड ग्यारेजको मान्यता दिएको हो । 

२०७७ चैत १८ गते टाटा मोटर्सको ग्राहक सेवा अन्तर्गत नेपाल तथा भुटानका कन्ट्री म्यानेजर समान्य दास र सिप्रदी ट्रेडिङ​का ग्राहक सेवा विभागका महाप्रबन्धक सम्देन लामाले उक्त वर्कशपको उद्घाटन गरे । ग्यारेज उद्घाटन कार्यक्रममा लामो समयदेखि टाटाका गाडीहरु संचालन गर्दै आएका चिरन पराजुलीलाई सम्मान गरिएको थियो । टाटाले बीएसआइभी गाडी सम्बन्धी ३० जना चालकलाई चालक प्रशिक्षण कार्यक्रमको पनि आयोजना गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved