जी मोटर्सको ब्रान्ड एम्बासडरमा प्रियंका कार्की

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Apr 15, 2021 | 11:57:48 AM मा प्रकाशित

sarbottam cement

रेनो कारको काठमाडौं र भक्तपुरका लागि अधिकृत डिलर जी मोटर्सले नायिका प्रियंका कार्कीलाई ब्रान्ड एम्बासडर बनाएको छ । जी मोटर्सका सञ्चालक कैलाशबाबु गेलाल र नायिका कार्कीबीच बुधबार यस सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर पनि भईसकेको छ । 

जी मोटर्सका सञ्चालक गेलालका अनुसार नायिका कार्कीले रेनो डस्टरलाई पर्वद्धन गर्नेछिन् ।

‘यो सम्झौताबमोजिम नायिका कार्कीले ४ वर्षसम्म जी मोटर्सका प्रडक्टको क्रस प्रमोसन गर्नेछिन्, उनले आफ्नो फेसबुक र इन्स्टाग्रामबाट पनि प्रमोसन गर्नेछिन्’ गेलालले भने ‘हाम्रा स्टार नायिकालाई ब्रान्ड प्रमोसनको सम्झौता गर्न पाउँदा नेपाली चलचित्र क्षेत्रले पनि प्रगति गरेको आभाष भएको छ ।’

उनका अनुसार चाँडै नै नेपाली बजारमा सार्वजनिक हुन लागेको रेनो सबकम्प्याक्ट जिप किगरको पनि नायिका कार्कीले नै पर्वद्धन गर्नेछिन् । 

जी मोटर्सको देशभर चारवटा आउटलेट छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved