टाटा मोटर्सले बढायो गाडीको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2021 | 02:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय कम्पनी टाटा मोटर्सले गाडीको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले आज शुक्रबारबाट लागु हुने गरि 'पेसेन्जर भेइकल' अर्थात यात्रुबाहक सवारीसाधनको मूल्य औसतमा १.८ प्रतिशतले बढाउने घोषणा गरेको हो ।

मोडल र भेरियन्ट अनुसार मूल्य वृद्धि दर केहि तलमाथि रहेपनि औसतमा १.८ प्रतिशतले मूल्य बढाईएको कम्पनीले जनाएको छ । स्टिल लगायतका कच्चा पदार्थको मूल्य बढेसंगै सवारीको मूल्य बढाउनु परेको कम्पनीले उल्लेख गरेको छ । तर मे ७ तारिख भन्दा अगाडी गाडी बुक गरेकाहरुले भने पुरानै मूल्यमा गाडी खरिद गर्न सक्ने छन् । मे ८ तारिखपछि गाडी बुक गर्दा भने बढेको मूल्य तिर्नु पर्ने कम्पनीले उल्लेख गरेको छ। कम्पनीले 'कमर्शियल भेईकल'को मूल्य भने गत जनवरी मै बढाएको थियो ।

कम्पनीले नै मूल्य बढाएपछि नेपालमा  पनि ति गाडीको मूल्य बढ्ने भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved