नाडाले गर्यो नेपाल ए.पि.एफ. अस्पताललाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2021 | 06:42:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले नेपाल ए.पि.एफ. अस्पताललाई कोरोना संक्रमण रोकथामका लागि सहयोग गरेको  छ । नाडाले कोरोना संक्रमण नियन्त्रणका लागि अत्यावश्यक हुने विभिन्न सामानहरू सहयोग गरेको हो । 

स्लीपर ५० सेट, थर्मोसल व्वाइलेट ५० सेट,.बेड सिट ५० वटा,  टावेल ५० वटा र मास्क ५ हजार वटा समेतगरी कूल ५ थरिका मेडिकेटेड सामानहरु कोरोना नियन्त्रणका लागि नेपाल ए.पि.एफ अस्पताल अन्तर्गतको कोभिड—१९ युनिफाईड अस्पतालका प्रा.स प्र उपनिरिक्षक डा. मिना कुवरलाई नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले हस्तान्तरण गरेका हुन् ।

ती सामानहरु हस्तान्तरण गर्ने क्रममा अध्यक्ष दुलालले नाडाकोतर्फबाट सक्दो थप सहयोग समेत गरिदै जाने बताए ।

सो कार्यक्रममा डा. कुंवरले यस्तो बन्दाबन्दीको अवस्थामा पनि यसरी सहयोग पु¥याई दिएकोमा नाडालाई धन्यवाद दिदै सहयोगस्वरप प्राप्त यी मेडिकेटेड सामानहरु यस अस्पतालमा आउने विपन्न परिवारका सदस्यहरुलाई वितरण गरिने बताइन । 



        


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved