बिवाइडीले घटायो इलेक्ट्रिक कारमा सबैभन्दा धेरै मूल्य, कुन मोडलको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2021 | 10:16:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बिवाइडीले इलेक्ट्रीक कारको भाउ अत्याधि घटाएको छ । ६६ लाख रुपैयाँमा विक्री हुँदै आएको इ–६ को भाउ १६ लाखले घटेर ५० लाखमा झरेको छ । 

गत वर्ष भन्सार र अन्तशुल्क बढेपछि नयाँ मूल्य नै तोक्न नसकेको बिवाइडीको आधिकारीक विक्रेता साइमेक्स इङ्कले यसपटक भने बजेट सार्वजनिक भएको केही दिनमै नयाँ मूल्य निकालेको हो । 

बिवाइडी इ–६ मा ९० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर र ८० किलोवाट आवर क्षमताको लिथियम आयोन व्याट्री जडान गरिएको छ । 

यो सँगै कम्पनीले ७ सिट क्षमताको एम–३ को मूल्य २ लाखले घटाउँदै ४६ लाख, ५ सिट क्षमताको एम–३ को मूल्य ४३ लाख र २ सिट क्षमताको टी–३को मूल्य ९ लाख घटाउँदै ३८ लाख रुपैयाँ तोकेको छ । 

बीवाईडी इ–६ नेपालमा राष्ट्रपतिको सवारीमा समेत प्रयोग हुँदै आएको गाडी हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved