होण्डाको CB 350 DLX नेपालमा, यस्ता छन् विशेषता र मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 05:53:13 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनि प्रा. लि. ले होण्डाको CB 350 DLX नेपाली बजारमा लन्च गरेको छ । कम्पनिका अध्यक्ष सौरभ ज्योतिद्वारा यूट्युबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यो बाइकलाई नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

यस CB 350 DLX ले नेपाली बाइक पारखीको मन जित्नेमा विश्वस्त रहेको ज्योतिले बताएका छन् । ३५० सिसिको इन्जिन रहेको यो बाइकमा मोर्डन फिचरहरु छन् । 

यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलईडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच्  डिजिटल मिटर, लामो सिट जस्ता यस बाइकका विशेषताहरु हुन् । 

नेपाली बजारमा यसको मूल्य ७ लाख ५० हजार तोकिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved