सबैभन्दा सस्तो एसयुभी बनेको रेनो काइगरको बुकिङ खुल्यो, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 02:58:53 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको ‘काइगर’ गाडीको नेपालमा बुकिङ खुल्ने भएको छ । रेनोको लागि नेपालको आधिकारीक वितरक एडभान्स अटोमोवाइल्सले आइतबारदेखि काइगरको नेपालमा पनि बकिङ खुल्ने जनाएको छ । 

रेनो सब फोर मिटर एसयुभी काइगरको मूल्य  २८ लाख ४९ हजार निर्धारण गरिएको छ । रेनो काइगर नेपालमा उपलब्ध एसयूभी कारमध्ये सबैभन्दा सस्तो भएको दाबी पनि गरिएको छ । 

युवा पुस्तालाई मध्यनजर गर्दै तयार भएको रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, १६ इन्चको नयाँ डायमन्ड कट अलोय ह्वील, ग्रे कलरको रुफरेल, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क लगायतका विशेषता छन् । काइगरमा ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम रहेको र यसमा वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट हुने बताईएको छ । 

यो कार, ६ फरक कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसमा १ लिटर नेचुरल एस्पायर्ड र १ लिटर टर्बो इन्जिन अप्सन उपलब्ध छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved