नेपाल भित्रिदै निशान लिफ, एक पटकको चार्जमा ४ सय किलोमिटर गुड्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 18, 2021 | 04:21:40 PM मा प्रकाशित

laxmi  sunrise bank

विद्युतीय कार ‘निशान लिफ’ नेपाली बजारमा आउँदैछ । विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने सरकारी निति अनुसार विद्युतीय सवारीमा लाग्दै आएको ६० प्रतिशत अन्तशुल्क हटेको मौकमा निशानको लिफ कार पनि नेपाल आउन लागेको हो ।

जापानमा बनेको यो कार आगामी अगस्टमा नेपाल भित्र्याउने निशान गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले जनाएको छ ।

पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दका अनुसार निशान लिफ एउटा मात्र भेरियन्टमा नेपाल भित्रिनेछ । ४० किलोवाट ब्याट्री र ११० किलोवाटको मोटरमा उपलब्ध हुने निशान लिफ एक पटकको फुल चार्जले ४ सय किलोमिटर गुड्ने दाबी गरिएको छ । 

यो कार फुल चार्ज हुन होम चार्जिङमा १८ घण्टा र फास्ट चार्जिङमा ७ घण्टा ३० मिनेट लाग्ने पायोनियर मोटोकर्पका सहायक महाप्रबन्धकको भनाई छ । 

सुरुमा १ सयको संख्यामा जापानबाट नेपाल ल्याईने यी गाडीको बुकिङ कहिले खुल्ने भन्नेबारे र गाडीको मूल्यबारे केही दिनमै जानकारी गराउने कम्पनीले जनाएको छ । आठ वटा फरक फरक रङमा उपलब्ध हुने निशान लिफ गाडीले इलेक्ट्रिक कारका पारखीको मन जित्ने कम्पनीको विश्वास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved