हुन्डाईको नयाँ वर्ष योजना असार ३१ सम्म थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 22, 2021 | 06:09:11 PM मा प्रकाशित

laxmi  sunrise bank

हुन्डाईका लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले आफ्नो नयाँँ वर्ष योजना “यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं” लाई असार ३१ गतेसम्म विस्तार गरेको छ । 

पहिले यस योजनाको अवधि १९ चैत्र, २०७७ देखि १७ वैँशाख, २०७८ सम्म रहेको थियो । तर कोभिड–१९, निषेधाज्ञाका कारण यस योजना स्थगित भएको थियो । ग्राहकलाई मध्यनजर गर्दै यस योजना ८ असारदेखि ३१ असारसम्म पुनः सुचारु गरिएको कम्पनीले जनाएको छ । 

यो योजना अन्तर्गत हुन्डाईको हरेक गाडी खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट स्क्रयाच कार्ड मार्फत ७८ हजारसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, १ लाख सम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा प्राप्त गर्न सक्नेछन् । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।  

हुन्डाई नेपालले सबै शोरुम तथा सर्भिस सेन्टरहरु कोभिड(१९ को सुरक्षा प्रोटोकल पालना गरी सन्चालन गरिने जनाएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । 

हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाईल उत्पादकमध्येमा पर्दछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved