कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडाको अपिल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2021 | 01:49:09 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ विरुद्धको भ्याक्सीन उपलब्ध गराउन नाडा अटोमोवाईल्स एशोसिएशन अफ  नेपालले सरकारलाई अपलि गरेको छ । 

सरकारले अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस समेत तोकिएको समयमा मात्र खुल्ला हुनेगरी निर्देशिका जारी गरिसकेकाले उक्त क्षेत्रका श्रमिकलाई कोरोना विरुद्धको भ्याक्सीन उपलब्ध गराउन आग्रह गरेको जाइएको छ । 

अटोमोवाइल वर्कशप, शो रुम तथा स्पेयर पार्टस पसलहरुमा काम गर्ने व्यवसायीहरु, कर्मचारीहरु, टेक्नीसियनहरु र विशेषगरी ठूलो संख्यामा देशमा छरिएर रहेका श्रमिकहरुका लागि कोभिड १९ विरुद्धको खोप यथासक्य छिटो उपलब्ध गराई दिने व्यवस्था गर्न सरकारसंग अपिल गरेको नाडाले जनाएको छ । 


                                                               


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved