प्रोटोनको एसयूभी एक्स–७० गाडी नेपालमा, यस्ता छन् विशेषता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 01, 2021 | 03:05:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियन ब्राण्ड प्रोटोनको एसयूभी ‘एक्स–७०’ को नेपालमा बिक्रि सुरु भएको छ । जगदम्बा मोटर्सले एसयूभी ‘एक्स–७०’ को बिक्रि सुरु गरेको हो । 

बैशाख पहिलो हप्ता नै नेपाल भित्रिएको यो गाडीको बिक्रि भने ढिला गरी सुरु भएको हो । कोरोनाका कारण बिक्रि सुरु गर्न ढिला भएको कम्पनीले जनाएको छ । 

कम्पनीले एक्स ७० ल्याउनु अघि सागा सेडान ल्याएको थियो । एक्स ७० कम्पनीले नेपाल ल्याएको प्रोटोनको दोस्रो मोडल हो ।

भेरियन्ट र मूल्य ?

यो कारमा मा १.५ लिटर टिजीडीआई टर्बो चार्ज्ड डाइरेक्ट इन्जेक्सन पेट्रोल इन्जिन रहेको छ । टु ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध यो गाडीको मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । 

यही भेरियन्टमा टु ह्वील ड्राइभ सिस्टम पनि रहेको छ । टु ह्वील ड्रइभमा उपलब्ध रहेको एजुकेटीभ भेरियन्टको मूल्य भने ९१ लाख ९९ हजार पर्नेछ । अलह्वील ड्राइभ अप्सनमा पनि किन्न सकिने एजुकेटीभ भेरियन्टको मूल्य भने ९६ लाख ९९ हजार तोकिएको छ । 

एक्स–७० को टप भेरियन्ट प्रिमियमको मूल्य १ करोड ४ लाख ९९ हजार ताकेको छ । 

फिचर

एक्स ७० मा ६ वटा एयरव्याग, १७ इन्चको अलोय ह्वील, फेब्रिक सिट, ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ६ स्पीकर, रियर भ्यू क्यामेरा उपलब्ध छन् । 

एक्स ७० को प्रिमियम भेरियन्टमा भने एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर भएको पावर टेलगेट, प्रिमियम लेदर सिट, अगाडिको यात्रुको लागि पावर सिट, ९ वटा स्पीकर उपलब्ध छन् । 

एजुकेटिभ भेरियन्टमा एलइडी हेडल्याम्पसहित डे टाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील, पावर टेलगेट, वेलकम ल्याम्प, लेदर सिट, ८ वटा स्पीकर, ३६० डिग्री क्यामेरा छन् । 

प्रिमियम भेरियन्टमा एड्भान्स ड्राइभर एसिस्टेन्स, टायर प्रेसर मोनिटर, १९ इन्चको अलोय ह्वील, फुट सेन्सर पावर टेलगेट, प्रिमियम लेदर सिट, ९ वटा स्पीकर जस्ता फिचर छन् । 

प्रिमियम एक्स भेरियन्टमा पानारोमिक सनरुफ पनि रहेको छ । 

सबै भेरियन्टमा ६ एयरव्याग, ब्रेक एसिस्ट, अटो ब्रेक होल्ड, ट्रायाक्सन कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, अटोनोमस इमेर्जेन्सी ब्रेक, फरवार्ड कुलिङ वार्निङ, क्रुज कन्ट्रोल, डोर वार्निङ, टायर प्रेसर मोनिटर, फ्रन्ट पार्किङ सेन्सर, रियर पार्किङ सेन्सर लगायतका विशेषता रहेको कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved