वाणिज्य विभागका महानिर्देशकलाई नाडाले भन्यो, ‘सवारी आयातदेखि एजेन्सी दर्ता सम्मका समस्या समाधान गर्नुपर्यो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 04:52:03 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड १९ को कारण ठूलो समस्यामा परिरहका व्यवसायीहरुको समस्या समाधान गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागसँग नाडाले छलफल गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदस्यीय नाडा प्रतिनिधि मण्डलले विभागका महानिर्देशक प्रकाश पौडेलसंग छलफल गरेको हो ।

महानिर्देशक पौडेलसँग अटोमोवाइल व्यवसायका सम सामयिक विषयहरुमा पनि छलफल भएको नाडाका अध्यक्ष दुलालले जानकारी दिए । 

भेटघाटमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेड विश्वास गर्दै आएको भन्दै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका विभिन्न समस्याहरु राखेका छन् । 

नाडाका उपाध्यक्ष तथा सवारी साधन समितिका सभापति करण चौधरीले एजेन्सी दर्ताका सम्बन्धमा देखा परेका समस्याहरु बारे अवगत गराए । 

नाडाका महासचिव सुनिल रिजालले स्पेयर पार्टसहरुको आयातको सम्बन्धमा देखा परेका विभिन्न समस्याहरु राख्दै एक्जीम कोडको नविकरण ५ बर्षका लागि नविकरण हुने व्यवस्था रहेकोमा व्यापारिक फर्म कम्पनीहरुलाई पनि सो सुविधा दिनुपर्ने तथा नयाँ एक्जीम कोड लिदा बैङ्क ग्यारेण्टी राख्नु पर्ने भएपनि पुराना फर्महरुले बैङ्क ग्यारेण्टी राख्नु नपर्ने व्यवस्थाका लागि समेत आग्रह गरे । 

विभागका महानिर्देशक प्रकाश पौडेलले अटोमोवाइल क्षेत्रमा समस्याहरुलाई बुँदागत रुपमा लेखेर विभागमा पठाउन अनुरोध गरेका छन् । 

विभागकातर्फबाट विभागका प्रवक्ता शिवराज सेढाई समेतको उपस्थिति रहेको छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, कोषाध्यक्ष सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष विक्रम सिंहानिया समेतको उपस्थिति थियो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved