निशानको विद्युतीय कार लिफ सार्वजनिक, कति तोकियो मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2021 | 05:49:49 PM मा प्रकाशित

laxmi  sunrise bank

निशानको विद्युतीय कार ‘लिफ’ नेपाली बजारमा सार्वजनिक भएको छ। निशानका गाडीको लागि नेपालको आधिकारिक वितरक पायोनियोर मोटोकर्पले बुधबार फेसबुक लाइभमार्फत लिफ सार्वजनिक गरेको हो । 

संसारको सबैभन्दा बढी बिक्री हुने विद्युतीय कारमध्येमा पर्ने लिफ एक पटकको फुल चार्जमा ३ सय ६३ किलोमिटर गुड्ने कम्पनीको दाबी छ । यसमा ४० किलोवाट प्रतिघन्टा क्षमताको ब्याट्री छ । 

७.९ सेकेन्डमा ० देखि १०० किलोमिटरको प्रफमेन्स दिने भनिएको यो कारको टप स्पिड १४४ किलोमिटर प्रति घण्टा छ । लिफले १५० पिएस पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने बताईएको छ । 

निशान लिफ सार्वजनिक भएसँगै यसको बुकिङ पनि खुला गरिएको छ । कम्पनीले यसको सुरुवाती मूल्य ५९ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved