सौरभ ज्योतिले सार्वजनिक गरे ८६ लाख ९० हजार पर्ने बाइक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2021 | 04:38:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एमभी अगस्टाको ८६ लाख मुल्य पर्ने मोटरसाइकल नेपालमा भित्रिएको छ । एसजे मोटोले नेपाल ल्याएको एमभी अगस्टा सुपरभेलोस सिरी ओरो बाइक विश्वमै ३ सय युनिट मात्र उत्पादन भएको छ ।

एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले शुक्रबार यो बाइक सार्वजनिक गरेका हुन् । 

एमभी अगस्टाको नियो रेट्रो रेसरको विशेष संस्करण मानेको सुपरभेलोस सिरी ओरोको विशेषता भनेको आकर्षक लुक्स र पावर हो । 

नेपाली बजारमा यो बाइकको मूल्य ८६ लाख ९० हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यसको बुकिङ पनि खुलिसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved