बागमती प्रदेशले बढायो विद्युतीय बाइक र स्कुटरको कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 18, 2021 | 04:08:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बागमती प्रदेश सरकारले विद्युतीय मोटरसाइकलमा कर बढाएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत २ पांग्रे विद्युतीय सवारीमा लाग्ने वार्षिक कर बढाएको हो । 

३५० वाटदेखि १ हजार वाटसम्म मोटर क्षमता रहेका मोटरसाइकल तथा स्कुटरको कर ५ सय रुपैयाँले बढाईएको छ । अब ३५० वाटदेखि १ हजार वाटसम्म मोटर क्षमता रहेका मोटरसाइकल तथा स्कुटरको वार्षिक कर १ हजार ५ सयबाट बढेर २ हजार पुगेको छ । 

१ हजारदेखि १ हजार ५ सय वाट सम्मका विद्युतीय २ पांग्रे सवारीमा पनि ५ सयले नै कर बढाईएको छ । यस्ता साधनले अब २ हजार ५ सय रुपैयाँ कर तिर्नुपर्ने भएको छ । 

१ हजार ५ सय वाटभन्दा माथि क्षमता भएका मोटरसाइकल तथा स्कुटरको भने वार्षिक कर ३ हजार यथावत राखिएको छ । 

विद्युतीय कारमा लाग्ने वार्षिक करमा भने प्रदेश सरकारले कुनै फेरबदल गरेको छैन । ५० किलोवाटदेखि १२५ किलोवाटसम्मका इलेक्ट्रीक कार, जीप, भ्यान र माइक्रो बसले वार्षिक १५ हजार कर तिर्नुपर्नेछ । १२६ देखि २२५ किलोवाट सम्मका यस्ता साधनले कर वापत वार्षिक २० हजार र २२६ किलोवाट भन्दा माथि इन्जिन क्षमत भएका कार राखे वापत ३० हजार वार्षिक कर तिर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved