टाटाको नेक्सन इभी किन्न एनएमबि बैंकले बेस रेटमै ऋण दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 05:11:14 PM मा प्रकाशित

laxmi  sunrise bank

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी  ट्रेडिङ्ग  प्रा. लि. र एनएमबि बैंक NMB Bank Limited बीच कर्जा सम्झौता भएको छ । सम्झौता अनुसार टाटा मोटर्सको इलेक्ट्रीक भेहिकल नेक्सन इभी खरिद गर्न चाहनेले एनएमबि बैंकबाट कर्जा पाउने भएका छन् ।

उक्त कर्जा सम्झौता अनुसार नेक्सन इभी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले शुन्य प्रतिशत प्रिमियमसहित बेस रेट ब्याजदरमा २४ कार्य घण्टाभित्र ८० प्रतिशतसम्म फाईनान्सको सुविधा उपलब्ध गराउने छ ।

सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापति र एनएमबि बैंकका तर्फबाट व्यापार तथा रणनीति प्रमुख अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved