नाडाद्वारा ट्राफिकलाई जनचेतना मूलक स्टिकर सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 03:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले काठमाडौँको त्रिपुरेश्वर चोकमा महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरिक्षक संञ्जिव शर्मालाई विभिन्न जनचेतना मूलक स्टिकर हस्तान्तरण गरेका छन् । 

नो हर्न स्टिकर १० हजार थान, मास्क ५ हजार थान, तपाइको मास्क खोइ ? चेतनामूलक व्यानर २ सय थान र ‘‘ट्राफिक नियमको पालना गरौँ’’ चेतनामूलक व्यानर २ सय थान हस्तान्तरण गरेका हुन् ।

उक्त अवसरमा सो जनचेतना मूलक स्टिकर तथा पर्चाहरु सवारी साधन चालकहरुलाई वितरण समेत गरिएको थियो । नाडाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमहरु विगतमा पनि सम्पन्न गर्दे आएको जनाएको छ ।

कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र उप्रेती, सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्यहरु राजनबाबु श्रेष्ठ, दिपक अग्रवाल, सुरज भट्टराई, निलमणी पाठक, पंकज अग्रवाल, प्रकाश कपुरी र कपिल सिवाकोटी समेतको उपस्थित रहेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved