नेपालमै प्रमाणिकरण भएका सवारी बिक्रि हुने महिन्द्राको शोरूम उद्घाटन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2021 | 04:07:00 PM मा प्रकाशित

laxmi  sunrise bank

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालिले प्रमाणिकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारीसाधनहरूका नयाँ शोरुम उद्घाटन गरेको छ । बिक्री, सेवा र स्पेयर पाट्र्स सेटअप सहितको पहिलो आधिकारिक शोरूमको चार फरक स्थान काठमाडौं, इटहरी, भरतपुर र भैरहवामा उद्घाटन गरेको हो ।

कम्पनीले चाँडै नै पोखरा तथा देशका अन्य स्थानहरूमा आफ्नो शाखा विस्तार गर्ने योजना बनाएको छ ।

नेपाली बजारको इतिहासमा बिक्री, सेवा र स्पेयर पाट्र्स सुविधाको अवधारणासहित प्रमाणिकरणयुक्त (सर्टिफाइडड) प्रयोग गरिएको सवारी साधन ल्याइएको यो पहिलो पटक हो । अबदेखि ग्राहकहरूले नेपाली बजारमा प्रमाणित प्रयोग भइसकेका महिन्द्रा सवारी साधनहरू खरिद गर्न सक्नेछन् ।

अहिलेका लागि विशेष रुपमा महिन्द्राका प्रयोग भइसकेका युटिलिटी सवारी साधनहरू, एसयूभी, पिकअपमा कम्पनी मुख्य रूपमा केन्द्रित रहने छ ।

अग्नि ग्रुपका कार्यकारी निर्देशक सुसन वैद्य श्रेष्ठ भन्छन्, “आजका दिनमा प्रमाणीकरणयुक्त प्रयोग गरिएका महिन्द्रा सवारी साधनहरू विश्वभरि लोकप्रिय छन् तर यो नेपालमा पहिलो पटक यस्तो अवधारणा ल्याइएको हो । हामीले बेच्ने सवारीहरू प्रयोग भइसकेका भए पनि हामी यसलाई नयाँ अवस्थामा जस्तै उपलब्ध गराउँछौं । यस्ता ग्राहकहरूले प्रयोग भइसकेका सवारी साधनहरू २०० चेकप्वाइन्ट निरीक्षणसहित १२÷७ सर्भिस सुविधा, सक्कली स्पेयर पार्टस् र सक्कली सहायक सामग्री (एक्सेसरिज), बडी एन्ड पेन्ट्स सुविधा, भेहिकल ग्रुमिङ सेवासहितका सेवासुविधासहित पाउन सक्नु हुनेछ ।  प्रयोग गरिएको कारले निश्चित रूपले पैसा पनि बचाउँछ र ग्राहकहरूले आफूले चलाइरहेको वर्ग (सेग्मेन्ट)का सवारीसाधनहरूलाई सुस्त मूल्यह्रास (डिप्रिसियसन)को तनावबाट मुक्त भइ स्तरवृद्धि गर्न सक्नु हुनेछ । हामीसँग धेरै रिकन्डिसन सेन्टरहरू र डिलरहरू छन् जसले देशमा प्रयोग भइसकेका सवारी साधनहरू खरिद तथा बिक्री गर्छन् तर हामीले बहुमूल्य ग्राहकहरूको पीडा देखेका र महसुस गरेका छौं, जब उनीहरूसँग सक्कली सर्भिस सेन्टरहरू छैनन्, जहाँ उहाँहरूले प्रयोग गरेको सवारीहरू खरिद गरेपछि विश्वास गर्न सक्छन् । तर, अग्नि आस्था आफ्ना ग्राहकहरुका लागि एकल विन्दु समाधानको रूपमा आएको छ ।”

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved