नाडाले भन्यो, ‘मोटरसाइकलको सडक दस्तुर र अन्तःशुल्क बढ्नु गलत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2021 | 05:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

अटोमोबाइल्स व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स डिलर्स एसोसियसनले बजेट प्रतिस्थापन विधेयकले नेपालमै सवारी साधनको एसेम्बल उद्योग सञ्चालन हुने विश्वास व्यक्त गरेको छ ।

नेपालमा सवारी साधन उत्पादन गर्ने एसेम्बल उद्योग स्थापना गर्न अन्तशुल्क र भन्सार महशुलमा ५० प्रतिशत छुट दिन अनुरोध गर्दे आएकोमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन बजेटमार्फत एसेम्बल गरी नेपालमा सवारी साधन उत्पादन गर्ने उद्योगले अनएसेम्बल अवस्थाका शीर्षक ८७.०२  ८७.०३ र ८७.११ मा पर्ने सवारी साधन पैठारी गर्दा लाग्ने अन्तशुल्क र त्यस्ता उद्योगले उत्पादन गरेको तयारी साधन विक्री गर्दा लाग्ने अन्तशुल्क महशुलमा ५० प्रतिशत छुट दिने स्पष्ट व्यवस्था गरेकोमा नाडाले स्वागत गरेको छ ।

तर सवारी साधन उत्पादन गर्ने एसेम्बलिङ्ग उद्योग सञ्चालन गर्नका लागि त्यससंग सम्बन्धित ऐन र नीति नियमहरुको स्थिरता पनि त्यतिकै महत्वपूर्ण हुने सन्दर्भमा सरकार परिवर्तन हुदैमा त्यस्ता उद्यागहरुलाई कुनै असर पर्न नहुने नाडाले जनाएको छ ।

महामारी तथा विपत्तिको समयमा सार्वजनिक सवारी प्रयोग नहुने र नीजि सवारी साधनहरुले नै विरामी लगायत आवश्यक उपभोग्य बस्तुहरु समेतको ओसार पसार गर्नुपर्ने अवस्थामा मोटरसाइकलको प्रयोगमा अत्यधिक बृद्धि भएको तर, सरकारले यसलाई अझै थप प्रोत्साहन गर्नुको सट्टा अन्तशुल्क र सडक दस्तुर बढाउनु गलत भएको नाडाले जनाएको छ ।

‘बजेटले मोटरसाइकलको सेगमेण्टमा परिवर्तन गर्दै सडक निर्माण दस्तुर र अन्तःशुल्क महशुल दुवैमा गरेको छ, मोटरसाइकलको सेगमेण्टमा भईरहने परिवर्तनले मोटरसाइकल प्रयोगकर्तालाई थप आर्थिक भार मात्र पर्ने नभई अलमलमा समेत पर्ने देखिएकोले सरकारले गत बर्ष कायम गरेको सेगमेण्टलाई नै निरन्तरता दिने व्यवस्थाका लागि हामी सरकारसंग अनुरोध गर्दछौँ’ नाडाका अध्यक्ष दुलालले भने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved