निसानको पहिलो विद्युतीय कार ‘लिफ’को टेस्ट ड्राइभ सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 09:44:01 AM मा प्रकाशित

laxmi  sunrise bank

‘निसान लिफ’को टेस्ट ड्राइभ आजबाट सुरु हुँदैछ । निसानको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले काठमाडौँमा निसान लिफको टेस्ट ड्राइभ सुरु गर्न लागेको हो ।

कम्पनीका अनुसार आज भदौ २८ गतेदेखि असोज ४ गतेसम्म टेस्ट ड्राइभ सञ्चालन हुनेछ । टेस्ट ड्राइभमा सहभागी हुनेहरुलाई कम्पनीले विभिन्न उपहार प्रदान गर्नेछ । 

टेस्ट ड्राइभ गरेर गाडी बुक गर्ने ग्राहकले एक्सचेन्ज अफर, मुल्यांकन सुविधा तथा फाइनान्स सुविधा पाउने छन् । 

निसान लिफ ११ रंगहरुमा उपलब्ध छ । यसको ब्याट्रीमा ८ बर्षको वारेण्टी दिईएको छ । ४० किलोवाट आवर ब्याट्री फुल चार्ज भएपछि ३११ किलोमिटर गुडाउन सकिनेछ । 

नेपालमा यसको मूल्य ५९ लाख ९९ हजार  कायम भएको छ ।

टेस्ट ड्राइभ कम्पनीको थापाथली र उत्तर ढोका शोरूममा बिहान १० बजेदेखि सुरु हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved