यस्तो छ होण्डा बाईकको दशैँ तिहार अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2021 | 04:45:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले आफ्नो दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” ग्राहकवर्गहरु माझ ल्याएको छ । नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको यस योजनामा हरेक प्रदेशबाट होण्डा खरिद गर्ने १ जनालाई रु.१ लाख प्रदान गरिनेले जनाएको छ । 

कम्पनीका अनुसार यस योजनाको समय अविधि भर होण्डाका ग्राहकहरुले स्क्रयच कुपन मार्फत हात खाली नजाने गरी रु. १ लाखसम्म नगद उपहार प्राप्त गर्न सक्ने छन्। यसका साथै यस योजना अन्तर्गत ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७% छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसैगरी होण्डा बिग बाइकको खरिदमा रु.४०,००० सम्मको क्यास ब्याक पाउन सक्ने कम्पनीले जनाएको छ। यस योजनामा १ रुपैयाँको डाउन पेमेन्ट, १ रुपैयाँको इएमआइ र १% ब्याजदरमा समेत होण्डा खरिद गर्न सक्ने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीका अनुसार बम्परमा सहभागी १ जना भाग्यसाली ग्राहकहरुले रु. १५ लाखसम्मको नगद पुरस्कार जित्ने मौका प्राप्त गर्ने छन्। 




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved