मोटरहेडको टेकन आर २५० सार्वजनिक, कति छ मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 04:49:32 PM मा प्रकाशित

laxmi  sunrise bank

मोटरहेडको नयाँ टेकन आर २५० मोटरसाइकल सार्वजनिक भएको छ । एसजी समूहको एसएलआर टेक्नो एण्ड ट्रेडले ‘दि अल न्यू मोटरहेड टेकन आर २५०’ सार्वजनिक गरेको हो ।

कम्पनीले नेपालमा ५ वर्षदेखि मोटरहेड ब्राण्डका मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ । 

मोटरहेड अफरोड र डर्ट सेगमेन्टको परिचित २ पांग्रे हो ।

२२३ सीसीको इन्जिन रहेको बाइक २ हजार ७० एमएम लम्बाइ, चौडाई ९०० र उचाइ ११० एमएम रहेको कम्पनीले जनाएको छ । यसमा टेकनमा सिंगल सिलिन्डर, ४ स्ट्रोक रहेको छ । फ्युल ट्यान्क १४ लिटर रहेको छ । फिउल कन्सजम्सन प्रति १०० किलोमिटरमा २.२ लिटर रहेको कम्पनीको दाबी छ। टेकनको अधिकतम पावर ८ हजार आरपीएममा १२.५ किलोवाट छ । यसको अधिकतम स्पिड १२० किलोमिटर प्रति घण्टा छ । 

बाइकमा म्यानुअल क्लचसहित ६ वटा गियर छन् । हाइड्रोलिक डिस ब्रेक रहेको छ । 

एसएलआर टेक्नो एण्ड ट्रेडका जनरल म्यानेजर उज्वल जोशीले सिमित अवधीका लागि बाइकको मूल्य ४ लाख ५ हजार तोकिएको बताएका छन् । उनले केही समय पछि यसको मूल्य संकेत गरेका छन् । 

मोटरहेडले नेपालमा ७ वटा मोडलका बाइक बिक्री गर्दै आएको छ । एमएच १५० आर, एमएच २००, टेकन २५०, एक्स टर्क, स्क्रयाम्बल २५० रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved