भृकुटीमण्डपमा टीभीएसको ‘एक्सचेन्ज मेला’, जुनसुकै ब्राण्डका बाइक पनि साट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2021 | 12:57:45 PM मा प्रकाशित

laxmi  sunrise bank

जगदम्बा मोटर्सले भृकुटीमण्डपमा ‘टीभीएस ग्रान्ड दशैँ एक्सचेन्ज मेला’ सुरु गरेको छ । असोज ६ गतेसम्म चल्ने मेलामा बाइक वा स्कुटर राखेर टीभीएसको नयाँ बाइक वा स्कुटर लैजान सक्नेछन् ।

मेलामा कुनै पनि पुरानो बाइक वा स्कुटरले बजार मूल्यभन्दा १० हजार बढी पाउने कम्पनीले दाबी गरेको छ । नयाँ बाइक खरिद गर्दा १ लाख रुपैयाँसम्म र खरिद गरिसकेपछि १० लाख रुपैयाँसम्म उपहार पाउन सकिनेछ ।

कम्पनीले शून्य ब्याजदरमा किस्ताबन्दीमा बाइक किन्न सकिने योजना पनि ल्याएको छ । प्रि–बुकिङ गर्दा पनि २ हजार रुपैयाँ पाइनेछ ।

एक्सचेन्ज इएमआई अफर अन्तर्गत कम्पनीको पुरानो बाइक वा स्कुटर लिएर गएमा त्यसको मूल्यांकन बराबरको रकम डाउन पेमेन्ट तिरेर बाँकी रकम इएमआईको पहिलो किस्ता वा पहिलो दर ५ हजार ९९९ रुपैयाँ तिरे पुग्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved