सोरेन्टो हाइब्रिड एसयुभी सार्वजनिक गर्दै किया, मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 21, 2021 | 04:42:38 PM मा प्रकाशित

laxmi  sunrise bank

कियाले नेपालमा आफ्नो ब्राण्डको पहिलो हाइब्रिड एसयुभी सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियाली अटोनिर्माता कियाले २०२१ सोरेन्टो हाइब्रिड एसयुभी नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । 

कारको हकमा ‘द लार्जेस्ट हाइब्रिड एसयुभी’ शब्दमा मात्र सीमित नभएर यसले पारखीलाई उत्साहित पनि गर्न सक्नुपर्छ । कोरियाली अटो निर्माता कियाले आफ्नो सात सिट क्षमताको किया सोरेन्टो हाइब्रिडमा उक्त अवधारणालाई निकै दमदार तरिकाले लागू गरेको छ ।

२०२१ सोरेन्टो हाइब्रिडमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रोमेग्नेटिक मोटरसहितको १.४९ किलोवाट आवर ब्याट्री छ, जसले गर्दा २०२१ सोरेन्टोलाई जुनसुकै कठिन भूभागमा लैजान सकिन्छ । स्वच्छ र हरित भविष्यका लागि सोरेन्टो हाइब्रिड एउटा हरित विकल्प पनि हो । 

नयाँ सोरेन्टोमा अतुलनीय शक्ति मात्रै छैन, यसमा १०५४ किलोमिटरको यात्रा तय गर्न पुग्ने फ्युल ट्यांक पनि रहेको कम्पनीले जनाएको छ । नयाँ सोरेन्टोमा स्टेसनरी पोजिसनमा छलाङ मार्न विद्युतीय मोटर र टिजिडिआई पेट्रोल इन्जिन दुवै उपलब्ध रहेको छ ।

७ वटा एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम र अन्य थुप्रै सुरक्षा विशेषताले यात्रुलाई सुरक्षाको सुनिश्चितता गरेको बताईएको छ ।

नयाँ सोरेन्टो हाइब्रिडमा असाधारण ड्राइभ मोडहरु छन् । यसलाई सडकको अवस्था अनुसार नर्मल, स्पोर्ट, इको, स्मार्ट, स्यान्ड, मड र स्नो मोडमा ड्राइभ गर्न सकिन्छ । जसले सडकमा अतुलनीय रोमाञ्चकता प्रदान गर्दछ ।

७ वटा एयरब्याग रहेको यो गाडीमा लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यु मोनिटर, लेन फलोइङ असिस्ट र अन्य थुप्रै सुरक्षा विशेषता छन् । जसले यसका ४ वटै चक्का जमिनमा गाडिए जस्तै गरी यसका यात्रुलाई उच्चतम सुरक्षा प्रदान गर्दछन् । 

१२.३  इन्चको अल–डिजिटल इन्स्ट्रूमेन्ट क्लस्टर र त्रुटिरहित एवं पढ्न सजिलो डिस्प्लेले किया सोरेन्टोको स्क्रिनलाई अझ उन्नत बनाएको छ । ब्लाइन्ड भ्यू मोनिटर टेक्नोलोजीले इन्स्ट्रूमेन्ट क्लस्टरमा लेन एडजस्टमेन्टको प्रत्यक्ष भिडियो दृश्य देखाउँछ । मोडिने सिग्नल बाल्दा यो एक्टिभेट हुन्छ । नाप्पा लेदरमा चम्किएको इन्टेरियरले यसलाई सेग्मेन्टकै प्रिमियम इन्टेरियरमध्येको एक बनाएको छ । मुड ल्याम्प, हेड्स अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रिक सिट, २०२१ सोरेन्टोलाई लक्जरियस एसयुभी बनाउने केही फिचर्स हुन् । 

ठूलो र भीमकाय बडी साइज, आक्रामक तथा संयमित देखिने अग्रभाग, बिफिएर १९ इन्चको अलोय ह्विल, डुअल एलइडी प्रोजेक्सन हेडल्याम्प्स, फुल पानोरमिक सनरुफ र सार्पर बडी लाइन्स जस्ता विशेषताले सबै ठूला एसयुभी जस्तै अल न्यू सोरेन्टो पनि शानदार रुपमा प्रस्तुत भएको छ । 

२८१० एमएमको ह्विलबेसका कारण गाडी भित्रका यात्रु आरामपूर्वक यात्रा गर्न सक्छन् । विद्युतीय तत्वहरुले यो हाइब्रिडलाई अझ राम्रो बनाएका छन् । विद्युतीय पावरट्रेनको सहयोगले सडक र पम्प दुवैमा निकै भिन्नता ल्याउँछ ।

नयाँ सोरेन्टो हाइब्रिड एययुभी रनवे रेड, ग्राभिटी ब्लू, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँचवटा आकर्षक कलर भेरियन्टमा उपलब्ध छन् । किया सोरेन्टो इको हाइब्रिडको मूल्य १ करोड ६९ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।  



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved