यस्तो छ जावा बाइकको दसैं तिहार अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 28, 2021 | 06:57:37 PM मा प्रकाशित

laxmi  sunrise bank

दसैं तथा तिहारको उपलक्ष्यमा जावा (JAWA) ले चाडपर्व अफर ल्याएको छ । नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित यस बाइकले  नयाँ खरिद गर्ने ग्राहकलाई प्रफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो शीथ ) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ । 

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको जावाले उल्लेख गरेको छ । कम्पनीका अनुसार यसको सोल्डर र एल्बोमा प्रयोग भएको आर्मर सीई द्वारा प्रमाणीकरण गरिएको छ । त्यसै गरी यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ। 

लेजेन्डरी जावा बाइक दसकौं पहिलादेखि चेक कम्पनी जावा मोटोले निर्माण गर्दै आएको छ । यो १९२९ मा चेकोस्लाभाकियाको प्रागमा स्थापित कम्पनी हो । स्थापना कालदेखि नै यो कम्पनी अग्रणी कम्पनीका रुपमा रहदैं आएको छ । 

नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लिले भित्र्याएको हो । आग्नि माटो इन्क प्रा.लि अग्नि ग्रुप अन्तर्गत स्थपित भगिनी संस्था हो । नेपालभरि अग्नि मोटोइन्क प्रा.लि को हाल १३ बटा डिलर नेटवर्क रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved