भन्सार सहजीकरणका लागि नाडाको अनुरोध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 07:10:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडाले भन्सार सहजीकरणका  भन्सार विभागलाई अनुरोध गरेको छ  । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदसिय प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटालाई भेटेर भन्सार विभागबाट हालै जारी भएको भन्सार निर्देसिका लगायतका विभिन्न विषयमा छलफल गर्दो सहजीकरणको लागि अनुरोध गरेको हो ।   

उक्त भेटमा अध्यक्ष दुलालले नाडाले स्वच्छ व्यवसायमा विश्वास राख्दै आएको भन्दै नेपालको अटोमोवाइलक्षेत्र राज्यलाई सर्वाधिक राजश्व बुझाउनेक्षेत्र भएको बताए। छलफलको क्रममा अध्यक्ष दुलालले नाडा र भन्सार विभागविच सूचना आदान प्रदान गर्ने विषयमा सहकार्य गरेर अघि बढने विषयमा लिखित समझदारी समेत भईसकेको जानकारी दिए   ।   

उक्त छलफलमा महासचिव सुनिल रिजालले यच.यस कोड परिर्वन र साफटा सुविधा अन्तर्गत आउने अटोमोवाइल वस्तुहरुको बर्गिकरणमा स्पष्टता हुनु पर्ने बताए। त्यसैगरी सो छलफलमा कोषाध्यक्ष सुरेन्द्र उप्रेतीले एल.सि खोली व्यवसाय गर्दा पनि भन्सार नाकाहरुमा पर्ने समस्याहरुबारे जानकारी गराएका थिए ।

उक्त छलफलको क्रममा महानिर्देशक सापकोटाले विभागले व्यवसायीहरुका लागि सहजीकरण गरिने बताउदै व्यवसायीहरुका लागि अनलाईन पेमेण्ट र भेहिकल स्क्यानरको व्यवस्था समेत गरिने बताए। सो छलफलमा महानिर्देशक सापकोटाले भन्सार विभागले अव ट्रस्टेड ट्रेडर्सहरुको प्रोफाइल समेत तयार गर्न लागेको बताउदै यसबाट व्यवसायीहरुलाई सहज हुने विश्वास लिएको बताए । छलफलमा नाडाका सह कोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य शुभआसिस थपलिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो  ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved