मोरिस ग्यारेजले अल न्यू हेक्टर शाइन २०२१ एसयुभीको बुकिंङ खोल्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 29, 2021 | 07:15:37 PM मा प्रकाशित

laxmi  sunrise bank

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिंग औपचारिक रुपमा शुरू गरेको छ ।  अब हेक्टर नेपाली बजारमा यसको मूल्य खण्डमा भित्रिन तयार भएको छ । कम्पनीका अनुसार हेक्टर १.५ लिटर टर्बो चार्ज्ड इन्टरकूल इन्जिनको साथ आउदँछ र यो दुबै एमटी र सीवीटी भेरियन्टमा उपलब्ध रहनेछ ।

यो विकसित एसयूभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किंग ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ जसले यसको शैली र कार्यक्षमतालाई एक शक्तिशाली रूप दिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार आराम र सुविधाको कुरा आउँदा, हेक्टर २०२१ सधैँ अग्र स्थानमा आउँदछ । कम्पनीले भनेको छ ' यो कारले तपाइँलाई के चाहिन्छ र तपाइँ के चाहनुहुन्छ भन्ने कुरालाई राम्ररी बुझेको छ । यो स्टनिंग २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँदछ जसले तपाईँको आफ्नो हरेक यात्राको पललाई आरामदायक बनाउने पक्का गर्दछ ।'

कम्पनीका अनुसार एमजी हेक्टर एक विकसित एसयूवी कार हो जसले आफ्नो क्षेत्रमा नयाँ बेंचमार्क स्थापित गरेको छ । यो गाडी २५+ सुरक्षाका सुविधाहरुका सांथ इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम, ट्याक्सन कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, रियर वाइपर र वाशर, रियर डिफोगर, फ्रन्ट फग ल्याम्प र  गति चेतावनी एलर्ट सहित उपलब्ध रहेको छ ।

यो गाडी हभाना ग्रे, क्यान्डी व्हाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर जस्ता विभिन्न सेड्सहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved