यस्तो छ नाडाको निर्वाचन तालिका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2021 | 02:01:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अटो व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निर्वाचन तालिका सार्वजनिक गरेको छ । मंसिर २२ र २३ गते काठमाडौंमा आयोजना हुने नाडाको ४५ औँ साधारणसभाको तालिका सार्वजनिक भएको हो । 

नाडाले मंसिर १८ गते ११ बजे मतदाता नामावली प्रकाशन गर्ने तालिकामा उल्लेख गरेको छ । सोही दिन दिनको २ बजेसम्म मतदाता नामावली उपर दाबी विरोध गर्ने र दाबी विरोधको जाँच गरी सोही दिन अपरान्ह ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । 

मंसिर १९ गते बिहान ११ बजेसम्म उम्मेदावरको मनोनयन पत्र दर्ता गर्ने, १२ः१५ बजे उम्मेदावहरुको प्रथम नामावली प्रकाशन गर्ने गरी तालिका निकालेको नाडा निर्वाचन समितिले उम्मेदावरीमाथिको दाबी विरोधको समय सोही दिन दिनको १ः३० बजेसम्म दिएको छ । 

त्यही दिन दिउँसो २ः३० बजेसम्म उम्मेदवारको मनोनयन र उम्मेदवारमाथि परेका उजुरी उपर जाँचबुझ हुनेछ । त्यही दिन अपरान्ह ४ः४५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने समय छ । 

उम्मेदवारको अन्तिम नामावली मंसिर १९ गते साँझ ५ः३० बजे प्रकाशन हुनेछ। 

मतदान भने २३ गते बिहान ८ बजेदेखि ३ बजेसम्म सोल्टी होटलमा हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved