नाडा निर्वाचनः चौधरी भन्छन्, ‘टिम घोषणा भएपनि सहमतिको ढोका बन्द भएको छैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 07:05:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालको आगामी अध्यक्षका प्रत्याशी करण चौधरीले प्यानल घोषणा गरेका छन् । प्यानल घोषणा भएपनि सहमतिको ढोका भने बन्द भईनसकेको उनको भनाई छ ।

आफ्नो प्यानल घोषणा गर्दै चौधरीले मंसिर २२ गते नाडाको ४५ औँ साधारणसभाको उद्घाटन र २३ गते निर्वाचनको कार्यक्रम रहेकाले २३ गतेसम्मै सहमतिको ढोका खुला रहने बताएका हुन् । आफूले २ कार्यकाल नाडामा रहँदा अटो व्यवसाय र व्यवसायीको हित विपरित कुनै काम नगरेको दाबी गर्दै चौधरीले पूर्व अध्यक्षहरु बसेर अध्यक्षका अर्का प्रत्याशी ध्रुव थापासँग अन्तिम समयसम्म सहमतिको प्रयासमा आफू केन्द्रित रहेने बताए ।

‘म मेरो टिमसहित बसेर कुरा गर्न तयार छु, मेरो टिम योग्य छ, यो यो कारणले हामी नाडा हाँक्न सक्षम छौँ भनेर हामी छलफल र वार्तामा बस्न तयार छौँ’ उनले भने, ‘४ पांग्रे र २ पांग्रेदेखि ब्याट्रि, लुब्रिकेन्टस् र टायार उत्पादक र वितरक मेरो टिममा हुनुहुन्छ, सबैभन्दा कान्छो सदस्य (निशान ढकाल) पनि मेरै टिममा हुनुहुन्छ । त्यसकारण हाम्रो टिम अयोग्य हुने कुनै आधार छैन ।’

उनले आफ्नो समूह उद्योगीमुखी रहेको पनि दाबी गरे । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved