नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार ध्रुब थापाले आफ्नो समूहका सदस्यहरु सार्वजनिक गर्दै प्यालन घोषणा गरेका छन्। उनले आज बिहिबार आफ्नो प्यानल घोषणा गरेका हुन्।
थापाको प्यानलमा नाडाको वर्तमान कार्य समितिका आकाश गोल्छा, निराकार श्रेष्ठ, दिपक अग्रवाल, कपिल शिवाकोटी र शुभाशिष थपलिया रहेका छन्। त्यस्तै प्यानलमा नमुना श्रेष्ठ पनि रहेकी छिन् । थापाले अमरज्योति रञ्जित, बि.एन. पाठक, दिपेन्द्रकुमार मिश्र, नवराज भुसाल, प्रसाद पौडेल (राजन), प्रदिपमान प्रधान, प्रकाश सिग्देल, रिद्धि कार्की, सगन बि.एस. कंसाकार, संजय खेतान जस्ता लामो अनुभव भएका अटो व्यवसायीहरुलाई समेटेर प्यानल घोषणा गरेका हुन् । नाडाको इतिहास मै यस्तो समावेशी प्यानल पहिलो पल्ट बनेको उनको दाबी छ।
भवन निर्माणको लागि पहल गर्ने, आफ्नै भवनमा काम गर्ने वातावरण सिर्जना गर्ने, नीतिगत योजना, सचिवालय सुधार कार्य, नाडा अटो शो कार्यविधि, र प्याटेन्ट दर्ता, डाटा हव निमार्ण कार्य अघि बढाउने, सामाजिक उत्तरदायित्व विस्तार गर्ने जस्ता प्रतिबद्धता थापाले गरेका छन् । त्यस्तै उनले प्रदेश स्तरीय संरचनालाई अधिकार दिने, व्यवसायमैत्री वातावरण निमार्ण गर्न पहल गर्ने, नाडालाई अझ बलियो बनाउन विज्ञ टोलीको निर्माण गरी सरकारसँग प्रत्यक्ष र प्रभावकारी छलफल गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।