जावा मोटरसाइकलको डिलर दाङ्ग र धनगढीमा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2021 | 06:20:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले आफ्नो दुई नयाँ डिलरहरु तुल्सीपुर रोड​, घोराही–१५, दाङ्गमा जे. बि. एस. अटोमोबाईल्स र धनगढीको बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रा. लि. लाई संचालनमा ल्याएको छ । 

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लाहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा, नेपालगञ्ज, बाग्लुङ, वीरगञ्ज र सुर्खेतका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि दाङ्ग र धनगढीमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूमहरु स्थापना गरिएको हो ।

जे. बि. एस. अटोमोबाईल्स र दिवा मोटर्स प्रा. लि. को संचालनसँगै आसपासका क्षेत्रका ग्राहकहरुले अब यी विशिष्ट शोरुमहरुबाट प्रशस्त गुणस्तरीय सेवा लिन सक्नुहुनेछ । अन्तर्राष्ट्रिय बजारमा राम्रो स्थान पाएको साथै नेपालमा पनि क्लासिक मोटरसाइकल प्रेमीहरुले निकै नै रुचाउनुभ​एको जावा मोटरसाइकलले सबैबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ । यसैबीच नेपालका विभिन्न स्थानहरुमा द्रुत गतिमा डिलरहरु स्थापना गर्ने क्रममा फेसनेबल र स्टाईलिस जावा मोटरसाइकलले संचालनमा ल्याएको यी दुई डिलरहरुबाट सम्पूर्ण सेवा पाईने पनि बताइएको छ ।

कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नु हुनेछ ।

जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्ष पूरानो लोकप्रिय मोटरसाइकल ब्रान्ड हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved