होण्डाको दशैं–तिहार योजनाका विजेताहरु घोषित, सावित्राले जितिन् १५ लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2021 | 06:40:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले दशैं तथा तिहार स्किम “होण्डाको साथ ७” को विजेताहरु घोषणा गरेको छ ।

यस योजनामा स्क्रयच कुपन मार्फत ७ प्रदेशबाट ७ जनाले रु. १ लाख नगद उपहार तथा बम्परमा १ जना विजेताले १५ लाख नगद उपहार प्राप्त गरेका छन् । 

“होण्डाको साथ ७” योजना अन्तर्गत प्रदेश १ बाट रबिना चौधरी, प्रदेश २ बाट राम प्रकाश यादव, बागमती प्रदेशबाट अनिना मानन्धर, गण्डकी प्रदेशबाट जमुना मुडभरी, लुम्बिनी प्रदेशबाट अन प्रसाद काफ्ले, कर्णाली प्रदेशबाट तारा थापा र सुदूरपश्चिम प्रदेशबाट परशुराम थारु बिजेता बनेका छन् । उनीहरुले १ लाख नगद पाएका छन् । 

त्यसै गरी लुम्बिनी प्रदेशकी साबित्रा श्रेष्ठले  बम्पर उपहार १५ लाख प्राप्त गरेकी छिन् ।

यसका साथै यस योजना अन्तर्गत होण्डा खरिद गर्ने सम्पूर्ण ग्राहकहरुले, ७ वर्षको लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छुट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेका छन् । 

त्यसैगरी होण्डा बिग बाइकको खरिद गर्ने सबैले ४० हजार सम्मको क्यास ब्याक प्राप्त गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved