रेनोको नयाँँ शोरुम लाहानमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2021 | 04:41:41 PM मा प्रकाशित

laxmi  sunrise bank

रेनोको नया शोरुम सोमबारबाट लाहानमा सञ्चालनमा आएको छ । कम्पनीले लाहानमा नयाँँ शोरुम खोलेको हो । यो नयाँँ शोरुमको नाम भाग्य महालक्ष्मी अटोमोबिल्स रहेको छ । 

भाग्य महालक्ष्मी अटोमोबिल्सको सञ्चालक राम शाहको अध्यक्षता तथा जिल्ला उद्योग वाणिज्य संघ लाहानका अशोक लाल अमात्यको प्रमुख अतिथि तथा कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठ र सेल्स नेट्वर्क प्रमुख बिपुल भट्टराईबाट उद्घाटन समारोह सम्पन्न भएको हो ।  

कम्पनीका जेनेरल म्यानेजर अधिर कुमार श्रेष्ठले, “हामी हाम्रा ग्राहकवर्गलाई उच्च गुणस्तरीय सेवा दिन प्रतिवद्ध छौँ। नेपाली उपभोक्ताले हामीप्रति देखाएको विश्वासप्रति हामी आभारी छौँ” भने ।

सेल्स नेट्वर्क प्रमुख श्री बिपुल भट्टराईले अहिले खोलेको नयाँँ शोरुमले उपत्यका बाहिरका ग्राहकहरुलाई सजिलैसँग आवश्यक सेवा प्रदान गर्ने बताए ।

यस शोरुममा रेनोका सर्वाधिक रुचाइएका मोडलहरु क्विड, ट्राइबर, काइगर र डस्टर गाडीहरु उपलब्ध हुनेछन। यहाँँबाट उपभोक्ताले गाडी, स्पेयर पार्ट्स, एसेसरिज लगायत अन्य सेवाहरु लिन सक्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved