“बजाज खुशीका तीन डोज” को विजेता बने गुप्ता, जिते १० लाख

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 18, 2021 | 10:54:03 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको लागि बजाजको एकमात्र आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले “बजाज खुशीको ३ डोज” को विजेता घोषणा गरेको छ ।

दशैँ, तिहार र छठको अवसरमा शुरु गरिएको “खुशीको ३ डोज”को विजेता बन्न सफल भई लालबन्दीका बिट्टु कुमार गुप्ताले १० लाख हात पार्न सफल भएका छन् । उनले अर्किड्ज मोटर्सबाट मोटरसाइकल खरिद गरेका थिए । 

बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक योजना र अफरहरु ल्याउँदै आइरहेको छ । र, कोभिड—१९ महामारीको समयमा पनि बजाजले ग्राहकहरु माझ खुशी बाँड्न आवश्यकता अनुरुपका योजनाहरु ल्याएको थियो ।

यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दाखेरी र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्ने अवसर थियो । साथै ग्राहकहरुले बाइक किन्नुभन्दा पहिले १० हजार सम्मको अग्रिम नगद प्राप्त गर्ने अवसर पनि थियो । त्यसबाहेक, उपभोक्ताहरुले मोटरसाइकलको खरीद गर्ने बेलामा १ लाख सम्मको नगद मूल्य गर्ने अवसर पनि थियो र बम्पर अफरमा भने कुनै पनि आधिकारिक डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाखको नगद पुरस्कार प्राप्त गर्ने अवसर पनि थियो ।

विजेता बिट्टु कुमार गुप्ताले भन्नुभयो यो पुरस्कार जित्न पाउँदा अत्यन्तै खुशी भएको बताउँदै यस्तो योजना सन्चालन गरेकोमा बजाज मोटरसाइकललाई धन्यवाद दिए ।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “खुशीका तीन डोजमा सहभागि सम्पूर्ण उपभोक्ताहरुलाई हार्दिक धन्यवाद र विजेताहरुलाई हार्दिक बधाई दिन चाहन्छु । हामीले सँधै हाम्रा ग्राहकवर्गको लागि उपयुक्त हुने योजना र अफरहरु ल्याइरहेका छौँ । यो योजनामा यहाँँहरुको उत्साहजनक सहभागिताको लागि हामी आभारी छौँ ।”


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved