नाडाको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण, पदाधिकारीको निर्वाचन आजै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 02:03:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । मंसिर २३ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अध्यक्ष ध्रुब थापासहित कार्यसमितिका सदस्यहरूले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण लगत्तै अध्यक्ष थापाले ३ जना सदस्य मोनोनित गरेका छन् । मनोनित नयाँ सदस्यमा हंशराज हुलासचन्द एण्ड कम्पनी निर्देशक अभिमन्यू गोल्छा, स्याकार ट्रेडिङका जनरल मेनेजर सोहनलाल श्रेष्ठ र जगदम्बा मोटर्सका निर्देशक दीपक अग्रवाल रहेका छन् ।

नाडाको विधानमा १७ जना निर्वाचित सदस्य, ७ जना प्रदेशबाट निर्वाचित सदस्य र तीन जना मनोनित सदस्य रहने व्यवस्था छ । 

नाडाले आजै पदाधिकारीको निर्वाचन गर्ने तयारी गरेको छ । सदस्यहरूमध्ये ४ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोषध्यक्ष र १ सहकोषाध्यक्ष चयन हुनेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved