नाडा पदाधिकारी निर्वाचनः महासचिवमा उप्रेती निर्विरोध, उपाध्यक्षमा सुनिल र निराकारले कार्यकाल बाँडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2021 | 05:40:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पदाधिकारीमा पूर्णता पाएको छ । बुधबार सम्पन्न निर्वाचनमा नाडाको महासचिवमा सुरेन्द्र उप्रेती निर्विरोध निर्वाचित भएका छन् । 

कोषाध्यक्षमा मिलन बाबु मल्ल सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव र कोषध्यक्षमा एक एक जनाको मात्र उमेदावरी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षतर्फ २ जनाका लागि भएको निर्वाचनमा राजनबाबु श्रेष्ठ विजयी भएका छन् । सुनिल रिजाल र निराकार श्रेष्ठले समान मत पाएपछि एक एक वर्ष कार्यकाल बाँड्ने सहमति गरेका छन् ।

प्रदेश तर्फको उपाध्यक्षमा मोहनबाबु खड्का र सुवास आचार्य निर्वाचित भएका छन् । सचिवमा विक्रम सिंघानिया र सहकोषध्यक्षमा पंकज अग्रवाल निर्वाचित भएका छन् । 

मंसिर २३ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved