इलेक्ट्रिक गाडीमा पनि सय प्रतिशत ‘क्यास मार्जिन’ राख्नुपर्ने हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2021 | 02:00:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशनमा गाडीमा ५० प्रतिशत ‘क्यास मार्जिन’ राख्नुपर्ने भनेको छ । यसले अटोमोबाइल्स व्यवसायीहरु निराश बनेका छन् । उनीहरुले गाडीको भाउ बढ्ने र उपभोक्तालाई नै यसको असर पर्ने बताईरहेका छन् ।

तर, ५० प्रतिशत नगद मार्जिन भने इन्धनका गाडीमा मात्रै लागू हुनेछ । इलेक्ट्रिक गाडीमा यो नियम लागु हुने छैन । 

राष्ट्र बैंकले आयातकर्ताले प्रतितपत्र (एलसी) खोल्दा इन्धनका गाडीमा बैंकबाट ५० प्रतिशत ऋण लिन पाइने प्रवन्ध गरेको छ । विद्युतीय सवारी साधनको हकमा र शारीरिक अशक्त व्यक्तिले चलाउने मोटरसाइकल तथा स्कुटरका हकमा यो व्यवस्था लागु हुने छैन । 

नेपाल राष्ट्र बैंकले ऋणको ठूलो हिस्सा आयातमा प्रयोग भई त्यसको असर तरलतामा देखिन थालेको भन्दै बस्तुको आयातमा कडाई गरेको हो । राष्ट्र बैंकले विभिन्न १८ प्रकारका वस्तुको आयात गर्दा अनिर्वाय सय प्रतिशतसम्म नगद मार्जिन तथा २ प्रकारका सामान आयात गर्दा ५० प्रतिशत नगद मार्जिन राख्नु पर्ने ब्यवस्था गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved