नाडाले भन्यो, ‘बतासमाथि अन्यायपूर्ण व्यवहार भयो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 16, 2022 | 03:30:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालले अटोमोवाइल क्षेत्रको प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथि अमर्यादित व्यवहार भएको दाबी गरेको छ । 

नाडाले नेपालको अर्थतन्त्रमा अटोमोवाइल क्षेत्रको योगदान २५ प्रतिशत भन्दा बढी रहेको तर, अटोमोवाइल क्षेत्रको प्रतिष्ठित व्यावसायिक संस्था बतास समूहमाथि चरित्र हत्या र अमर्यादित व्यवहार भएको जनाएको छ । 

‘सरकारले आह्वान गरेको टेण्डरमा बतास समूहले सरकारले नै निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पनि सरकारबाट नै प्राप्त गरेको थियो’ नाडाले भनेको छ, ‘स्वयं सरकारबाट अनुमति पाएको सन्दर्भमा निजी क्षेत्रले व्यवसाय गर्नु एउटा स्वभाविक प्रक्रिया हो । सरकारबाट अनुमति पाएर पनि बतास समूहले आफनो जिम्मेवारीलाई अघि नबढाउनु गैर कानूनी हुनु पर्नेमा उल्टो अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिएको छ । जुन कार्य अन्यायपूर्ण छ ।’ 

नाडाले एउटा समाचारकै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनु उचित नभएको पनि जनाएको छ । सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षिय रुपमा व्यवसायीलाई मात्र दोष दिएर समग्र निजी क्षेत्रकै मनोबल गिराउने प्रयासले नेपालमा लगानीको वातावरणमा समेत नकारात्मक प्रभाव पार्ने नाडाका अध्यक्ष ध्रुब थापाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved