हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2022 | 06:00:53 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालमा बिक्रि सुरु भएको छ । यो स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री सुरु गरेको हो । 

काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री बितरण प्रारम्भ गरेको कम्पनीले जनाएको छ । 

नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फुल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतमा अति नै राम्रो बजार लिएको र नेपालमा पनि सोही अनुरुपको बजार लिने अपेक्षा गरिएको छ । 

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडल उपलब्ध गराइएको र आगामी दिनमा अन्य मोडल समेत क्रमशः उपलब्ध गराउदै ल्याउने योजना रहेको जानकारी कम्पनीले गराएको छ । 

लक्ष्मी ई मोबिलिटीले काठमाडौंको टेकुमा सर्भिस सेन्टर स्थापना गरेको छ । कम्पनीले नेपालभरका इच्छुक पक्षबाट डिलरशिपका लागि समेत आवेदन लिदैंछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट ग्राहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखि अग्रस्थान ओगट्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved