नाडाले भन्यो, ‘युरो ३ बाट सिँधै युरो ६ मा जान सकिँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 23, 2022 | 04:30:31 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सवारी प्रदुषण मापदण्ड क्रमशः लागू गर्न माग गरेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरेर नाडाले सवारी तथा यातायातका साधनहरूमा युरो ६ लागु गर्ने प्रस्ताव सकारात्मक रहेको तर, युरो ४ पछि मात्रै युरो ६ मा जानुपर्ने नाडाको माग छ ।

अहिले नै युरो ६ लागू गर्न पर्याप्त पुर्वाधार बनिनसकेकेको भन्दै नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले चरणबद्ध रूपमा युरो ६ मा जानुपर्ने आफूहरुको माग रहेको बताए । उनले हाल कार्यान्वयमा रहेको युरो ३ पछि युरो ४ मा नगई सिँधै युरो ६ मा जादा एकाएक लागत बढ्ने बताए । उनले अहिलेकै अवस्थामा युरो ६ लागु भए व्यवसायिक सवारीको मूल्य ४० प्रतिशतसम्म बढ्न सक्ने जोखिम रहेको पनि बताए । 

उपाध्यक्ष श्रेष्ठले भारतले पनि ४ वर्ष पूर्वाधार विकासमा खर्चिएर मात्रै युरो ६ लागू गरेको स्मरण गरे । उनले युरो ६ मा जान अब २ वर्षको समय दिनुपर्ने पनि बताए । 

अध्यक्ष ध्रुव थापाले व्यवसायीहरु अब युरो ४ मा जान तयार रहेको तर, सिँधै युरो ६ मा जान सकिने अवस्था नरहेको बताए । उनले युरो ३ बाट एकैपटक युरो ६ मा जानु व्यवहारिक पनि नभएको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved