भारतमा नयाँ क्यारेबियन रङ्गमा बजाज पल्सर २५० सार्वजनिक, नेपालमा कहिले आउँछ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2022 | 02:56:54 PM मा प्रकाशित

laxmi  sunrise bank

बजार अटोले भारतमा नयाँ क्यारेबियन कलर स्किममा पल्सर २५० रेन्जलाई चुपचाप लन्च गरेको छ। नयाँ पेन्ट योजना पल्सर एन२५० र पल्सर एफ२५० मोटरसाइकल दुवैमा मूल्यमा कुनै परिवर्तन नगरी सार्वजनिक गरिएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन्। 

बजाज पल्सर एन२५० क्यारिबियन ब्लूको मूल्य भारु एक लाख ४३ हजार ६८० कायम गरिएको छ भने पल्सर F250 क्यारिबियन ब्लूको मूल्य भारु १ लाख ४४ हजार ९७९ कायम गरिएको छ।  

बजाज पल्सर एन२५० र पल्सर एफ२५० मा हेडल्याम्प काउल, फ्रन्ट फन्डर, फ्युल ट्याङ्की, इन्जिन काउल, फेयरिङ र रियर प्यानललगायत निलो पेन्टेड बडी प्यानलहरू छन्। यसबाहेक, बजाज पल्सर रेन्जमा एलोय ह्वीलका लागि नीलो रंगको स्ट्रिपहरू प्रयोग गरिएको छ। 

नयाँ रंग योजना बाहेक बाइकहरूमा अरु ठुलो परिवर्तन गरिएको छैन। बजाज पल्सर २५० का केही मुख्य विशेषताहरूमा सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, फुल एलईडी लाइटिङ, स्लिपर क्लच र थप कुराहरू छन्।

प्राविधिक रूपमा, पल्सर २५० मा २४.१ एचपी पावर र २१.५ एनएम टर्क विकास गर्ने २४९सिसि सिंगल-सिलिन्डर तेल-कूल्ड इन्जिनले सञ्चालित छ। 5-स्पीड ट्रान्समिसन छ। 

बजाज पल्सर एन२५० ले ४५  केएमपीएल को औसत इन्धन क्षमता प्रदान गर्दछ, जबकि बजाज  पल्सर एफ२५० ले लगभग ४० केएमपीएल को दाबी गरिएको छ।

बजाज अटोले भारतमा १० हजार युनिट पल्सर २५० बिक्री भएको जनाएको छ। यससंगै बजार पल्सर भारत लाइनअपमा सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल बनेको छ। पल्सर २५० ले लन्च भएको ६ महिनामै यो कोशेढुङ्गा हासिल गरेको हो।

नेपालमा कहिले आउला ?

नेपालमा कहिले आउँछ भन्ने कुराको टुंगो नभएको बजाज पल्सरको लागि नेपालको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले जनाएको छ। कम्पनीका एक अधिकारीकाअनुसार भारतमा सार्वजनिक भएको केहि महिनामै नेपालमा सार्वजनिक हुने अभ्यास रहेपनि नेपाल सरकारको पछिल्लो नीतिले बजाज पल्सर २५० कहिले लन्च हुन्छ भन्ने कुराको टुंगो नलागेको हो। यद्दपी साउनसम्म लन्च हुने अपेक्षा गरिएको छ। 

बजाज पल्सर २५० भारतमा धेरै बिक्रि हुने बाइकको सुचिमा पर्दछ भने नेपालमा पनि यो बाइकको बिक्रि राम्रै हुने अपेक्षा गरिएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved