नीजि प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्ने कामलाई निरन्तरता दिन नाडाको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2022 | 04:28:51 PM मा प्रकाशित

laxmi bank ntc

नाडा अटोमोबाइल्स एसोसियनसन अफ नेपालले नीजि प्रयोजनका कार, जीप र भ्यानको एलसी खोल्ने कामलाई निरन्तरता दिन आग्रह गरेको छ । 

नाडाले नेपालमा अटोमोवाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै NADA PERSPECTIVE on Current Scenario- Restriction on Import for Passenger Automobiles सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो । 

नाडाले आयाताको तुलनामा दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाज गरिएको गुनासो गरेको छ ।

‘१ खर्ब भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्ब ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको, देशको प्रत्यक्ष रोजगारीमा प्रत्यक्ष रुपमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजश्व उपलब्ध गराउने अटोमोवाइल क्षेत्रलाई नजर अन्दाजगरी सरकारले नीजि प्रयोजनका कार, जीप र भ्यानलाई आउदो आषाढ मसान्तसम्मको लागि त्यसको आयातमा प्रतिवन्ध समेत लगाएको छ’ नाडाले भनेको छ, ‘नाडाले केही दिन अघि मात्रै नीजि प्रयोजनका कार,जिप र भ्यानको आयात खुल्ला गर्नको लागि अर्थ मन्त्रालयमा विधिवत सुझाव समेत पेश गरिसकेको छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved