‘नाडा अटो शो’ भदौ ७ देखि १२ सम्म, गोलाप्रथाबाट स्टल उपलब्ध गराईने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2022 | 01:52:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले यस वर्षको ‘नाडा अटो शो’ भदौमा आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना हुँदै आएको नाडा अटो शो यस वर्ष भदौ ७ गतेदेखि १२ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने भएको हो । 

सवारी साधनका विभिन्न मोडल, स्पेयर पार्टस् सहितको अटो शोको १५औं संस्करणका लागि जेठ २६ देखि ३० गतेसम्म स्टल बुकिङ रजिष्ट्रेशन खुलाईने भएको छ । 

नाडा अटो शोका लागि ठाउँ साँघुरो भएकाले गोला प्रथामार्फत स्टल उपलब्ध गराइने नाडा अटो शो समितिका सभापति अनुप बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रदर्शनीमा २ पाङग्रे, ४ पाङग्रे, बैंक तथा वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरुलाई समूह अनुसार छुट्याईएको छ ।

अटो शोमा यसवर्ष व्यवसायिक सवारी साधनलाई पनि समावेश गराईनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved