नाडाले भन्यो 'इम्बोस्ड नम्बर प्लेट सुरक्षाका लागि आवश्यक हो भने सरकार आफैंले जडान गरिदेओस्'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 12:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडाले इम्बोस्ड नम्बर सुरक्षाका दृष्टिकोणले आवश्यक हो भने सरकार आफैंले जडान गरिदिनुपर्ने बताएको छ । नाडाका अध्यक्ष ध्रुब थापाले सरकारले सुरक्षाका दृष्टिले इम्बोस्ड नम्बर प्लेट आवश्यक देखेको हो भने सरकार आफैंले जडान गरिदिन पर्ने बताएका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले सवारी दर्ता हुँदा सुरुमा सामान्य खालको नम्बर प्लेट लगाउनुपर्ने र पुनः अर्को शुल्क तिरेर इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था गलत भएको बताएका हुन् ।

"सुरुमा नर्मल नम्बर प्लेट लिएर दर्ता हुनुपर्ने र पछि फेरि इम्बोस्डमा जाँदा फेरि पैसा तिर्नुपर्ने व्यवस्था ठिक छैन, पब्लिकलाई दोहोरो मारमा पार्न हुँदैन" अध्यक्ष थापाले भने, "यसरी प्लेटमै ५/६ हजार तिर्न किन बाध्य बनाउने ?"

थापाले नयाँ सवारी दर्ता हुँदा नै इम्बोस्ड नम्बर प्लेट दिन र उपभोक्तालाई दोहोरो मार पर्ने नियम हटाउन माग गरेका छन् ।

यो पनि :  इम्बोस्ड नम्बर प्लेट जडानमा कमिशनको ‘घनचक्कर’, हेर्नुहोस् प्रमाण


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved