इलेक्ट्रिक कारमा बढाईएको कर फिर्ता लिन नाडाको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2022 | 04:07:52 PM मा प्रकाशित

laxmi  sunrise bank

नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले विद्युतीय सवारी साधनमा बढाईएको भन्सार दर र अन्तःशुल्क खारेज गर्न माग गरेका छन् । उनले विद्युतीय सवारीका साधन भनेको वातवरणीय र स्वदेशी उर्जा खपतका दृष्टिकोणले पनि आवश्यक रहेको भन्दै यसलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

‘इलेक्ट्रिक भेहिकल भनेको हाम्रो फ्यूचर हो, तर भन्सार र अन्तःशुल्क ६० प्रतिशतसम्म पुर्याएर इलेक्ट्रिक भेहिकलको प्रोमोशन गरिएन, अझै केही वर्ष यसको प्रोमोशन आवश्यक छ’ अध्यक्ष थापाले भने, ‘यसमा विगतकै करको दर (१० प्रतिशत) कायम हुनुपर्छ ।’

उनले २ सय सीसी माथिको इन्जिन क्षमता भएका मोटरसाईकलमा पनि अत्याधिक कर लगाईएको भन्दै यो व्यवहारिक नभएको बताए । नेपाललाई एडभेन्चर टुरिजम हब बनाउन र साहसिक पर्यटकीय खेलहरुमा ३ सय सीसी माथिका मोटरसाईकल प्रयोग हुने भन्दै २ सय सीसी माथिका मोटरसाइकलमा लगाईएको अत्याधिक कर फिर्ता लिन माग गरे ।

सल्लाह नै नगरी ४ पांग्रे नीजि सवारीको आयात बन्द गरिनु पनि गलत भएको थापाको भनाई छ । विदेशी मुद्राको सञ्चितीका लागि सवारीको आयात बन्द गरिएको भन्ने सरकारको ‘लजिक’ ठिक नभएको थापाको दाबी छ ।

‘हामीले ६ महिनाको क्रेडिट फेसिलिटी प्राप्त गरेथ्यौँ, आलोपालो एलसी खोल्न पनि सक्थ्यौँ’ थापाले भने, ‘क्रेडिट फेसिलिटीमार्फत आयात गरेर यहाँ बेच्दा पैसा यहीँ बस्थ्यो, उता तत्काल बुझाउन नपर्दा तरलताको चाप यस्तो पर्दैनथ्यो, राजस्व गुम्दैनथ्यो ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved